पोखरामा ह्याण्डबलका लागि ४ करोड

पोखरा, १४ बैशाख । पोखरामा १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै ह्याण्डबल खेलको पूर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार विष्टले प्रक्रिया अघि सारेका छन । पोखरामा पूर्वाधार निर्माणका लागि भाषणमा तन्किएर गफ दिने गरेका सदस्य सचिव विष्ट युबा तथा खेलकुद मन्त्रालयमा कास्की युवा मन्त्रि जगत विश्वकर्मा आए पछि सदस्य सचिव विष्ट माथी बढेको हो । सदस्य सचिब विष्ट खेलकुदका केही कार्यक्रम उद्घाटन गर्न शुक्रबार पोखरा आएका छन ।

सदस्य सचिब विष्टले ह्याण्डबलको पूर्वाधार निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष र कर्मचारीलाई निर्देशन दिंदै यथासिघ्र टेण्डर आह्वान गर्न भनेका छन । १३ औ सागका लागि पूर्वाधार बिकासमा आफु अब पछि नहट्ने भन्दै ह्याण्डबलका केन्द्रिय अध्यक्ष तेज गुरुङ र जिल्ला अध्यक्ष क्या. जग बहादुर गुरुङलाई ह्याण्डबलले तयार पारेको नक्सा अनुसार काम सुरु हुने आश्वासन दिएका छन ।

उक्त नक्साको लगत एस्टिमेट अनुसार पोखरा रंगशालमा करिब ४ करोड ७ लाखको मिनी कभर्डहल तयार हुने ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताएका छन । अध्यक्ष गुरुङले सदस्य सचिब विष्टकै रोहवरमा ह्याण्डबल पूर्वाधारको नक्शा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष जगराज पौडेलले बुझेका थिए । सो अबसरमा अध्यक्ष पौडेलले आफ्नो जिम्मामा आउने सबै काम समयमा नै सक्ने गरि अगाडी बढाउने बताए ।

Advertisment