मगर संघ अमेरिकाको १०औं बार्षिक साधारणसभा बोस्टन राज्यमा सम्पन्न !  

न्युयोर्क । मगर संघ अमेरिकाको १०औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मासाचुसेट्स राज्यको बोस्टन सिटीमा सम्पन्न भएको बार्षिक सभामा अमेरिकामा रहेका विभिन्न राज्यहरूबाट उपस्थित मगर समुदायद्वारा पारंपरिक भेषभूषा सांस्कृतिक र्याली सहित झाँकी प्रदर्शन गरे । 


प्रथम सहिद लखन थापा मगर र नेपाल मगर संघको संस्थापक अध्यक्षको तस्बिरमा संस्थाका अध्यक्ष तथा पुर्व अध्यक्षहरुबाट ध्वजा धुप चडाउदै र प्रमुख अतिथि कीर्तिमानी पर्वतारोही हरी बुढा मगरले पानसमा दिप प्रज्लवन गरी सभाको उद्घाटन गर्नुभयो ।

                        
प्रमुख अतिथि बुढा मगरले मन्तब्यमा बोल्दै भन्नुभयो “समाज परिवर्तको लागि मगर संघ अमेरिकाले मगरहरूमा पनि पिछडीएका वर्ग हरूलाई उठाउन सकेमा मगर संग बलियो हुन्छ, मगर संग अमेरिका बलियो भयो भने मगर संघ नेपाल बलियो हुन्छ अनि अन्तर्राष्ट्रिय मगर संघ बलियो हुन्छ” । बुढामगरले आजको बदलिदो परिस्थितिसँगै मगर समुदाय पनि परिवर्तित हुनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी, विशिष्ट अतिथिहरूमा त्रिभुवन बिश्वबिधालय प्राध्यापक तथा नेपाल मगर बिधार्थी संघका पूर्व अध्यक्ष झकेन्द्र घर्ति मगर, नेपाल आदिवासी जनजाति अन्तराष्ट्रीय महासंघका (अध्यक्ष) मान बहादुर राना मगर, नेपाल आदिवासी जनजाति अन्तराष्ट्रीय महासंघका (महासचिव) बिरभान घर्ति मगर, तथा अतिथिहरूमा मगर संघ अमेरिका केन्द्रीय समिति (निवर्तमान अध्यक्ष) कुलदिप राना मगर, मगर संघ अमेरिका केन्द्रीय समिति (निवर्तमान अध्यक्ष) याम पुन मगर, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका (बरिष्ठ उपाध्यक्ष) प्रेम तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

                                              
राष्ट्रिय गीतबाट सुरू गरिएको कार्यक्रममा पहिलोपटक मगर संघ अमेरिकाले संस्थाको पहिचान झल्किने राष्ट्रीय गित पनि सार्वजनिक गर्यो । संस्थाकै अध्यक्ष दिप सागर बुढा मगरको शब्द र संगीतमा तयार गरिएको गितमा गायक जगदिश समाल र गायिका निता थापा मगर सहित अन्य गायकगायीकाहरूको स्वर रहेको छ ।

                                           
सोही अवसरमा जेहेन्दार उत्कृष्ट मगर विद्यार्थीहरूलाई हौसला र प्रोत्साहन गर्न बिद्यार्थी छात्रवृत्ति कोष समितिबाट छनौट भएका ८ जना विद्यार्थीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।


सोही क्रममा दोस्रो चरणको कार्यक्रममा बन्द सत्र समितिका अध्यक्ष कुलदिप राना, सदस्य विष्णु राना र सदस्य संगीनी राना मगरको संयोजकत्वमा संचालन गरिएको बन्दसत्र कार्यक्रममा मगर संघ अमेरिकाका आठ राज्यका च्याप्टरहरूले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै मगर संघ अमेरिका केन्द्रीय समितिका महासचिव केश पुन मगरले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष याम कुमारी थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूले मूल्यवान समय र ज्ञानवर्धक विचारहरूका लागि धन्यवाद दिदै कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिने आयोजक टिम, स्वयंसेवक र प्राविधिक सहयोगीहरू प्रति मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दिप सागर बुढा मगरले आभार र कृतज्ञता ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो । 


अन्तिम चरणमा  बिबिध सांस्कृतिक प्रस्तुति सहितको अतिथि कलाकारमा चर्चित लोक गायिका बिमा कुमारी दुरा, लोक गायक दिलिप श्रीष मगर, लोक गायक राजेश थापा मगर र लोक गायक संजोग थापा मगरको साँगीतिक प्रस्तुति रह्य भने नृत्य तर्फ आ-आफ्नो राज्यको च्याप्टरका कलाकारहरूले मौलिक नृत्यहरूको प्रस्तुति दिएर अतिथिहरूलाई मनोरञ्जन दिएका थिए ।                               

Advertisment