अमेरिकामा पहिलो संगीतयात्रा गर्दै ‘कन्दरा’ ब्याण्ड, विद्यार्थीलाई बिशेष छुट !

न्युयोर्क । नेपालको लोकप्रिय लोकपप–रक ब्याण्ड ‘कन्दरा’ ले पहिलोपटक अमेरिकाको न्युयोर्कमा कन्सर्ट गर्ने भएको छ । शनिबार भएको प्रेस मिटमा आयोजक सदस्य सुलोचना गुरूङ र चाँदनी तामाङलेअमेरिकामै पहिलो पटक ‘कन्दरा’ ब्याण्डले कन्सर्ट गर्न लागेको कुरा बताए । 

                          

अमेरिकाको न्युयोर्क शहरमा पहिलो पटक उक्त ब्याण्डले कन्सर्ट गर्न लागेको कुरा आयोजक सदस्य सुलोचना गुरूङले बताउदै भन्नुभयो, “हामी उत्साहित पनि छौं न्युयोर्कमा रहेका नेपालीहरु माझ नेपाली कन्सर्ट प्रत्यक्ष गर्न पाउदा, खासगरी बिद्यार्थीलाई टिकटमा बिशेष  छुट रहेकोले यो मौकाको फाईदा उठाई कन्सर्ट हेरेर मनोरञ्जन लिन आग्रह गर्नुभयो । 

अमेरिकाको न्युयोर्क शहरमा हुने उक्त कन्सर्ट चाँदनी क्रियसन एनवाईसी प्रिजेन्ट र ईसेन्ट स्माईलले म्यानेजमेन्ट गरीरहेको छ । आयोजक सदस्य चाँदनी क्रियसनकी चाँदनी तामाङले ठुलो भोल्युमको दर्शकका लागि यस पटकको ‘कन्दरा’ ब्याण्ड  कन्सर्ट बिशेष रहने बताउनुभयो । ‘उक्त कन्सर्ट अगस्ट १५ तारिक शनिबार ८:३० बजेबाट अस्ट्रोरिया स्थित मेलरोश बल्लरूमको हलमा आयोजना हुनेछ । विद्यार्थीहरूले विशेष छुट लिन आईडी कार्ड देखाउनु पर्ने र फिजिकल टिकटमा मात्र ब्यवस्था रहेको कुरा आयोजकले बताए ।

                                   
उक्त ब्याण्डले बेलायत, दुबई जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा र युरोपमा समेत कार्यक्रम गरिसकेको छ ।
कन्दराको चर्चित गीत ‘लेककी हे माया’, ‘तिमी पारि’, ‘हङकङ पोखरा’ ‘फूल्चोकीको डाँडैमा’, ‘तगारोमा रुमाल राखी’ लगायतका थुप्रै गीत चर्चित छन् ।           

Advertisment