मार्च,३१ न्युयोर्क,
मगर संघ अमेरिकाको २२ औ स्थापना दिवसको अवसरमा मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको व्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।

सामाजिक काममा अग्रणी स्थानमा रहेको मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरले प्रत्येक बर्ष क्यालेन्डर अनुसार न्यूयाेर्कमा रगतको अभाव हुन नदिन न्यूयाेर्क ब्लड सेन्टरकाे प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हाे।

आईतवार भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि न्यूयोर्क राज्य प्रतिनिधि स्टेफेन रागाले पहिलो रक्तदाता प्रदिप श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको थियो ।

यस कार्यक्रमलाई सफल बनाउन निस्वार्थ भावनाले सहयाेग गर्न समाजका विभिन्न समाजसेवी, स्वंयमसेवी र विभिन्न संघसंस्थाहरुको साथै मगर संघको आफ्ना सदस्य, तथा सामाजिक ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।







