पोखरा १४ चैत ।
नेपाल घुम्न आएकी अमेरिकी महिला पर्यटकलाई आफ्नो साथीहरुसंग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आएको समयमा कास्की जिल्ला पोखराको लेकसाईड स्थित एक होटलमा अपहरण गरी बन्धक बनाई राखेको अबस्थामा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने वर्ष ३७ की सरिता लामा रहेकी छन् ।
उनले ती महिलालाई पोखराबाट अपहरण गरी फिरौतीबापत ३ लाख यूरो मागेको भन्दै नेपालस्थित अमेरिकी दुतावासले प्रहरीलाई सूचना दिएको थियो ।
सूचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट शुरु गरिएको अनुसन्धान पश्चात् केन्द्रिय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानी स्थितबाट पीडित अमेरीकी नागरिकलाई सकुशल उद्दार गरी उक्त घटनामा संलग्न जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।






