माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु !

बारा, १७ फागुन 
    जीतपुर सिमारा उपमहानगरपालिका-१६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राईता मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
कोल्हवी नगरपालिका-५ बलुवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जननायक अस्पताल कोल्हबी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।               

Advertisment