मार्च,१, २०२५ ।
बोलिभियामा दुईवटा बस एक आपसमा ठोक्किँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । शनिबार बिहान बोलिभियाका दुई सहर उयुनी र कोलचानी बीचको सडकमा विपरीत दिशाबाट आएको बस अर्को लेनमा ठोक्किएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी ३९ जना घाइते भएका र उयुनीको अस्पतालमा उपचारका क्रममा ३७ जनाको मृत्यु भएको पोटोसीको विभागीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले अहिले मृतक र घाइते भएका र अस्पतालमा भर्ना भएकाहरुको पहिचान गर्ने काम गरिरहेको छ ।






