फागुन १५,काठमाडौं,
गायक तथा संगितकार रवि मल्लको स्वरमा ‘कसम खान्छु’ बोलको गीत सार्वजनिक भएको छ। बुधबार बिहान गायक रवि मल्लको अफिसियल युट्युबबाट गीतको शब्द सहितको भिडिओ सार्वजनिक गरिएको हो।
यसमा गीतमा परदेशमा रहेर परिस्थितिले परिवारबाट टाढा हुदा प्रेम–विछोडको कथा समेटिएको छ। गीतका शब्द मल्लले लेखेका हुन् भने संगीत र स्वर गायक मल्लको स्वयंमको छ भने पुरूषोत्तम सुवेदीले एरेन्ज गरेका छन् ।
बिदेशी भुमिमा भबिश्य बनाउनको लागि परदेशिन बाध्य हुदा मायामा प्रताडित नेपालीहरूको कथा र ब्यथालाई रबि मल्लले गीतको माध्यमबाट सन्देश दिन खोजेका छन्, जुन साच्चिकै सबै नेपालीको मन छुन सफल देखिन्छ ।
मल्लको ‘तिम्रो मायाले बाधेर राख’ भन्ने बोलको चर्चित गीतका रचनाकार हुन भने राईझुमाको बिहे, म कहाँ खोजु, प्रिय मान्छे, माया मुटुमा लगायत अन्य दर्जनौ गीतहरु बजारमा ल्याईसकेका छन् ।

कसम खान्छु हरेक जुनी तिम्रै हुँ भनेर
बुझिदेउ प्रिय परिस्थितीको बन्दी छु भनेर
माया मारेछ नभन
यस्तै छ परदेशी जीवन
सपना ठूलो त थिएन
दुइछाक खाउँ एकसरो लाउँ
लेखेको यस्तै नै रहेछ
छोडेर आएँ जन्मेको गाउँ
भावीको लेखनी
बन्दी छु मै पनि
सुनौलो बिहानी आउनेछ
संगै हुनेछौँ तिमी र म
आशाको घाम उदाउनेछ
रमाउनेछौँ अंगालोमा
बसे है पर्खेर
संझना साँचेर






