न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुको सँस्था सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कमा नयाँ नेतृत्व चयन गरिएको छ । समाजको हालै सम्पन्न साधारण सभाले आगामी दुई बर्षको लागि १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

नयाँ नेतृत्वको पदाधिकारीहरुमा अध्यक्ष नविन कुमार ओझा बरिष्ठ उपाध्यक्षमा रैभान महरा उपाध्यक्षमा सविन चन्द, महासचिबमा गणेश विस्ट , सचिवमा चक्र सिं रावल, कोषाध्यक्षमा सुनी गुरुङ र सह – कोषाध्यक्षमा टेक साउँद रहनु भएको छ ।

यसै गरि सदस्यहरुमा क्रमस भरतसिंह खड्का, डम्बर खत्री र लतित चन्द , किसन चौहान , चन्द्र सेखर भट्ट , मनोज कुँबर , सविता वम , बलभद्र खडायत रहेका छन भने २०२६ देखि २०२८ सम्म १५ सदस्यीय समितिको कार्यबाहक रहनेछ ।
न्युयोर्कमा हालै सम्पन्न समाजको साधारणसभाबाट सन् २०२३–२०२५ का निम्ति कार्यसमिति गठन गर्न तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो । सो समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।






