आज न्यूयोर्कमा दुई सांगीतिक कार्यक्रम एकैचोटि हुँदै ।

न्यूयोर्क । आज न्युयोर्कमा दुई सांगीतिक कार्यक्रम नेपाली लोक तथा आधुनिक गीत–संगीतका चर्चित कलाकारहरू र चर्चित सांगीतिक ब्यान्डले प्रस्तुति दिने भएका छन ।

फ्लाई नेपा ट्राभलको आयोजनामा “अब गाउछ न्युयोर्क” भन्ने मूल मोटो राखिएको सांगीतिक कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनी, चर्चित गायक प्रताप दास, चर्चित गायिका एलिना चौहान र लोक तथा दोहोरी गायिका कला लम्सालले आज न्युयोर्कमा पहिलोपटक प्रस्तुति दिदैछन भने अर्कोतर्फ ठमेल एनवाईसी ईभेन्ट आयोजक रहेको ‘पूर्ण राई एन्ड दाजुभाइहरु’ भन्ने चर्चित सांगीतिक ब्यान्डले आफ्ना चर्चित गीत न्युयोर्कका नेपाली दर्शकमाझ प्रस्तुति दिदै छ ।   

नेपाली लोक तथा आधुनिक गीतको सांगीतिक प्रस्तुति न्यूयोर्कको गुलसन ट्रेस हलमा राति ८ बजेबाट बिहान २ बजेसम्म कार्यक्रम सञ्चालन हुदैछ भने टिकट दर ५० डलर रहेको र कार्यक्रममा खाजा तथा पेय पदार्थ सुविधा सहित डिजे समेतको साँगीतिक प्रस्तुति हुने कुरा कार्यक्रम संयोजक लोक तथा दोहोरी गायक र गायिका बिमल डाँगी,निशा सुनार र संगीता थापाले बताएका छन ।

त्यसैगरी पूर्ण राई एन्ड दाजुभाइहरु’ चर्चित सांगीतिक ब्यान्डको सामान्य टिकट दर ८० डलर रहेको छ भने भिआईपि टिकट दर १२५ डलर रहेको छ । सो ब्याण्डको कन्सर्ट अस्टोरियाको मेलरूस बलरूममा राति १० बजे देखि बिहानको ४ बजेसम्म राखिएको छ । व्याण्डले नेपाल र भारतका ५० बढी स्थानमा आफ्नो सोलो शो गरिसकेको छ भने ठमेल एनवाईसी ईभेन्ट आयोजकका लेनिन कँडेलले न्युयोर्कमा व्याण्डको लाइभ प्रस्तुति हुनु न्युयोर्क वासी नेपाली दर्शकलाई नयाँ स्वाद भएको बताए ।

Advertisment