धरानमा गोली हानेर गाँजा तस्कर पक्राउ !

धरान,२२ फागुन
धरान उपमहानगरपालिका-२० को जंगलमा प्रहरीले बिहीवार बिहान गोली हानेर २ सय ३० केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।  प्रहरीले बिहीवार बिहान १२:३० बजे गोली हानेर गाँजा बरामद गरेको हो । 

गाँजा तस्करहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली हानेर एक तस्करलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । गाँजा तस्करी गर्ने धनकुटा सागुरीगडी-९ का ४३ वर्षीय हरिकुमार राइलाई पक्राउ गरेको एसपी तिम्सिनाले बताए । 
नौजना तस्करहरूले नौ भारी गाँजा नाम्लो लाएर बोकी धरानतर्फ आउँदै गर्दा बिष्णुपादुका जंगलमा आएपछि तस्कर र प्रहरीको जम्का भेट भएको थियो ।

धनकुटाको सागुरीगडी गाउँपालिकाको आहालेबाट धरानतर्फ गाँजा बोकेर आउँदै गरेका आठजनाको समूहलाई नियन्त्रण लिने क्रममा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वको टोलीले गोली हानेर गाँजा तस्कर गर्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताए । गाँजा तस्करीमा सम्लग्न अन्य सातजना फरार रहेकाले उनीहरूको पहिचान गरि फरार प्रतिबादी बनाएर मुद्दा चलाउने प्रहरीको तयारी छ ।

Advertisment