नेपाल लिटरेचर फेस्टिभल : चोथौ दिन पोखरामा गुन्जियो विद्यार्थीको कविता !

फागुन, १८ पोखरा ।
जीवनका सत्य –
कसले भनिदियो तिमीलाई रुपले अर्थ राख्दैन
तर आवरण हेरेरै त किताब किनिन्छ
क्षणभरमै कसलाई कहाँ चिनिन्छ
आआफनो सोच समयले बदल्छ हेर्ने दृष्टि
मन बुझन त लाग्छ विस्तारै सृष्टि
पहिलो छाप अन्तिम छाप हुन्छ रे
फूल भनी काँडा टिप्दा बरा मनुष्य कति रुन्छ रे
सौन्दर्य अवश्य वरदान तर साँचो श्राप पनि
चम्किन्छ जून तर डुब्छ रातपनि
चम्किने चीज सबै हिरा हुँदैनन्
सबै साथी साथी हुँदैनन्
सबै तिमीलाई राम्रा भन्ने आफना हुँदैनन्
गड्यौला कि सर्प छेऊमै के थाहा
छेपाराले पनि त फेर्छ अनैकै देह

प्रतिभा मावि कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेकी प्रेक्षा पौडेलको रचना हो यो । जीवनका कविता लेख्ने प्रेक्षाले कविता लेख्न सुरु गरेको धेरै भएको छैन । १० कक्षा सकेर खाली समयमा बस्दा उनलाई अध्ययनको रस बस्यो । कविता पढ्ने बानी भयो । पढेका कविताले उनलाई आफैँ कविता लेख्ने हुटहुटी जगायो । यहीँ हुटहुटीले रचना भयो जीवनका सत्य कविता । आफनो रचना साथीहरुलाई सुनाइन् । साथीहरुले रुचाए । उनको हौसला बढ्यो । यसरी नै कविता लेख्ने रस बसेको सुनाउँछिन् प्रेक्षा । पोखरा जारी एनसिएल फाण्डेण्सनको नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन भएको विद्यार्थीसँग कविताका कुरा सत्रमा बोल्दै प्रेक्षाले आफनो कविता यात्रा सुनाइन् ।

‘गीत सुन्थेँ पढ्थेँ आफूले पनि लेख्दा कस्तो हुने रहेछ भनेर लेखेँ । साथीहरुलाई सुनाएँ राम्रै छ भने । त्यसपछि लेख्दैलेख्दै गएँ रस बस्यो,’प्रेक्षाले भनिन् ।

लेख्ने रस बसेपछि अभिव्यक्त गर्ने माध्यम कविता बनेको उनको अनुभव छ । भनिन्छ पनि छोटो शब्दमा गहिरो भाव व्यक्त गर्ने माध्यम नै कविता हो ।

‘जून विषयले मलाई एकदमनै प्रभाव पार्छ जब पानामा अभिव्यक्त गर्दिनँ त्यो विषय मेरो दिमागमा आएकोआएइ गर्छ जबसम्म त्यसलाई भावको रुपमा शब्दमा अभिव्यक्त गर्दिनँ त्यो कुरा मेरो मस्तिष्कबाट जाँदैन,’ प्रेक्षाले भनिनन् ।

सत्रमा साहित्यमा रुची राख्ने सहजकर्ता तारानाथ पराजुलीले अर्का वक्ता पिताम्बर पौडेललाई आफनो कविता यात्रा बारे प्रश्न गरेका थिए । पोखरा चिसापानी वेद विद्यालय कक्षा ९ मा अध्ययनरत पौडेलले आफनो कविता सुनाएर जवाफ सुरु गरे ।

फौजी डरायो कि त अलबिदामा
कि आँशु मेरा पुछदेऊ सुधामा
यी साँझामा अन्तिम खण्ड देखेँ
संसार सम्झैँ यति नै समेटेँ
यो बेला उर्लियो म किनारा लाएँ
नसोच गोली घरमा पठाएँ
ती बिर्सिनेलाई पीडा नदेऊ
यो देशको वीर कथा सुनाऊ
बस भन्दिनु कि सहजै मरेको
ऐँया नभन्दै ठहरै परेको

छन्द कविता लेख्न रुचाउने पराजुलीले पनि कमै उमेरदेखि कविता यात्रा थालेका हुन् । संस्कृति अध्ययरत उनलाई छन्द बारे पढ्दा कविता लेख्न मनलाग्ने सुनाउँछन्। ।

‘संस्कृतिको विषयमा छन्दको बारेमा धेरै हुन्छ । छन्दको बारेमा पढेपछि केही लेखौँ जस्तो लागि हाल्छ । अरु त्यस्तो प्रभाव पार्ने छैन,’पराजुलीले सुनाए ।

कान्तिपुर एकेडेमीको कक्षा नौ ९ मा अध्ययनरत रश्मि पौडेलले सात कक्षादेखि आफनो कविता यात्रा सुरु गरेको बताउँछिन् । प्रतियोगिता कार्यक्रमबाट आफनो यात्रा सुरु भएको उनको अनुभव छ । यस्तै उनको आमाले पनि डायरीमा कविता कोर्ने थाहा पाएपछि रचनाका लागि थप हौसला मिलेको सुनाउँछिन्

‘कक्षा ७ मा यात्रा गर्दा एनप्याब्सनले आयोजना गरेको एक प्रतियोगिताबाट भएको हो । गुरुले कविताको नियम छन्द बारे प्रष्ट पार्नुभएको थियो । मम्मीले पनि कविता रचना गर्नुभएको रहेछ । त्यसले पनि मलाई कविता लेख्न प्रेरित गर्यो,’रश्मिीले सुनाइन् ।

सानैदेखि विद्यार्थीको साहित्यमा रुची हुँदा पढाइ बिग्रिने डर राख्छन् अभिभावक । रचना गर्ने व्यक्तिको कल्पना गर्ने क्षमता भएको सुनाउँछिन् रश्मिीले ।

‘विद्यार्थीहरु साहित्यमा लागेर पढाइ बिग्रन्छ जस्तो लाग्दैन । कविता रचना गर्ने व्यक्तिको कल्पना गर्ने क्षमता बढी हुन्छ,’रश्मिले ।

भानुभक्त मावि पोखरा, कक्षा १२ मा कानुन विषय पढ्दै गरेकी सुहानी पौडेलले कविता पुस्तक प्रकाशन गरेकी छिन् । रचना र क्षमता भएका अभिभावकको साथ सहयोग पाउने उनको अनुभव छ ।

‘सूर्य खड्का बिर्खची उहाँ हाम्रो गाउँको बुबाको पुस्तक विमोचनमा आउनुभएको छ ।  उहाँले मेरो कविताहरु हेर्नुभयो । सबै कविताहरु हेरेपछि चाहिँ होइन यो नानाीको त कविता छपाउनुपर्छ केके गर्नुपर्छ म गरिहाल्छु तर यीनलाई अघि बढाउनुपर्छ मलाई मेरो पुस्तक छापिदै थियो भनेर पनि थाहा थिएन,’ सुहानीले भनिन् ।

डायमण्ड मावि पोखरा, कक्षा १० मा अध्ययनरत योग्यता ढुङ्गानाको कविता यात्रा भने रोचक छ । उनले आफनै रचनाबाट कविता यात्रा भने सुरु गरेकी होइनन् ।

‘सानोमा कविता लेख्दा छिमेकी दिदीको घरमा गएर लेख्न लगाउँथेँ । वाचन गरेर चाहिँ यात्रा सुरु भयो । आफनैँ रचनाबाट सुरु भएको कक्षा ८ बाट सुरु भएको हो,’योग्यताले भनिन् ।

Advertisment