चार किलो सुन मलद्वारमा लुकाएर ल्याउने तीन महिला त्रिभुवन विमानस्थलमा पक्राउ !

फागुन १६,काठमाडौं ।
करिब ४ किलो सुन मलद्वारमा लुकाएर ल्याएका  तीन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

त्रिभुवन विमानस्थलमा बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानी महिलाले मलद्वारमा सुनको डल्लो बनाएर ल्याउने क्रममा ३ किलो ७४५ ग्राम सुनसहित पक्राउ परेका हुन् । उनीहरुसँगै एक जना पुरुष रहेपनि ती षुरूषबाट सुन भने भेटिएको छैन । 

Advertisment