न्यूयोर्क, फेब्रुअरी ५,
संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यबाट एक नेपाली बिधार्थी काम गरिरहेको स्थानबाट पक्राऊ परेपछि देश निकाला (डिपोर्ट) भएका छन् ।
टेक्सस राज्यको अस्टिन स्थित ह्युस्टन टिल्लोट्सन यूनिभर्सिटीमा अध्ययन गर्ने २१ बर्षिय समिर तिमल्सिना देश निकाला भएका हुन् ।
गएको जनवरी २०२४ मा अमेरिका बिधार्थि भिसा मार्फत आएका समिर तिमल्सिना गत शनिबार फेब्रुवरी १,२०२५ का दिन ४ः०० बजेको जहाज मार्फत टेक्ससको बिमानस्थलबाट नेपाल फिर्ता भएका हुन् ।
अस्टिनकै एक “सेभेन ईलेभेन” स्टोरमा रात्री शिफ्टमा काम गरिरहेको अवस्थामा (U.S. Immigration and Customs Enforcement) यू.एस. अध्यागमन तथा भन्सार प्रवर्तनको एक टोलिले निरिक्षण गर्ने क्रममा समातेर सोधपुछ गर्ने क्रममा बिधार्थी भएको र गैर कानुनिरुपमा काम गरेको पाईएपछी २ हप्ता भित्र देश छाड्न सुचना दिएपछी उनि गत शनिबार मात्र नेपाल फिर्ता भएका हुन् ।
तिमल्सिना अस्टिनको बलपार्क नर्थ अपार्टमेन्टमा साथिहरु संगै मिलेर बस्दै आएका थिए । तिमल्सिना संगै अध्ययन गर्ने र एउटै बिल्डिंगमा बस्दै आएका एक जना साथिले नाम गोप्य राख्न आग्रह गरेका छन ।
नेपाल घर काठमाण्डौका तिमल्सिना देश निकाला भए लगत्तै उनि अध्ययन गर्ने युनिभर्सिटीले बिदेशि बिधार्थिहरुलाई तिमल्सिना देश निकाला भएको र युनिभर्सिटीको अनुमती बिना र गैर कानुनिरुपमा कोही पनि काम नगर्न र डिपोर्टेसनबाट बच्न सचेत रहन ईमेल मार्फत जानकारी गराएका थिए ।
अमेरिकाको कानुन अनुसार बिदेशी बिधार्थीले पढाई चलिरहेको बर्षमा क्याम्पस भित्रै २० घण्टा प्रतिहफ्ता काम गर्न सक्ने र बिदाको समय प्रतिहफ्ता ४० घण्टा काम गर्न पाउने प्राबधान रहेको छ ।