अन्तर्राट्रिय मगर महासंघका महासचिव बिरभान घर्तीलाई न्यूयोर्कमा स्वागत तथा सम्मान !

न्यूयोर्क, जनवरी / २१ /२०२५
गर संघ अमेरिका न्यूयोर्क च्यप्टरले अन्तर्राट्रिय मगर महासंघका महासचिव बिरभान घर्ती मगर ज्यूलाई न्यूयोर्कमा स्वागत र सम्मान गर्दै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा “प्रवासमा रहेर पनि मगरहरूको कला, संस्कृति, भेषभुसा, भाषा र मगरहरूको उत्थानको लागि अमेरिका मगर संघहरूले गरेको कार्यले गौरवान्वित बनाएको र सबै मुलुकमा रहेका मगरहरूको संस्थालाई एउटै छाताको रूपमा अगाडि बढाएर लान अन्तर्राट्रिय मगर महासंघको कार्यबारे विस्तृत रूपमा बर्णन गर्दै सो संजालले नेपालको मगर संघलाई धेरै सहयोग हुने कुरा अन्तर्राट्रिय मगर महासंघका महासचिव बिरभान घर्ती मगरले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, केन्द्रीय मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना र मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव रत्नसिह गर्वुजा मगर, लगाएत संस्थाका पदाधिकारीहरूले स्वागत गर्दै मायाको चिनो तथा खादा लगाएर घर्ती मगर मगरलाई सम्मान गर्नुभएको थियो ।

Advertisment