न्यूयोर्क, डिसेम्बर ३०
तमु जातिको महान् पर्व पुस १५ अर्थात् ल्होसार पर्व अमेरिकाको न्यूयोर्क सहरमा रहेको तमुहरूको समाज तमु प्ये ल्हु संघले सप्ही तमु ल्होसारको विविध सांस्कृतिक कार्यक्रम गरी भव्य र सभ्यरूपमा मनाएको छ ।
समाजका अध्यक्ष तेज तमुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि युनाईटेड गुरूङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप गुरूङ र तमु प्ये ल्हु संघ, न्यूयोर्कका अध्यक्ष ज्यूले संयुक्त रूपमापानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै विदेशमा रहेर पनि गुरूङ जातीको सम्पूर्ण भाषा, कला, संस्कृतिलाई जोगाई राख्न सबैले हातेमालो गरेर अगाडि बढ्न अतिनै आवश्यक रहेको कुरा समाजका अध्यक्ष तेज तमुले बताउनु भयो ।
पहिलो चरणको कार्यक्रममा समाजका उपाध्यक्ष, सचिव र प्रमुख अतिथिहरुले उपस्थित सबैलाई ल्होसारको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभयो ।
उक्त कार्यक्रममा स्थानीय कलाकारहरू र अतिथि कलाकारहरूको बेजोड प्रस्तुतिले सबैलाई मनोरन्जन दिलाएको थयो ।
नेपालमा हरेक वर्ष पुस १५ मा पर्ने यो पर्व अमेरिकामा पनि मनाउन कार्यक्रम स्थलमा परम्परागत गुरुङ पोसाकमा सजिएका पाहुना र आफ्नो संस्कृति झल्काउने प्रस्तुतिहरूले गिद्द बर्गलाई बिदाइ गर्दै सर्प बर्गलाई स्वागत गरेको छ।