पोखरा, २१ फागुन
बागलुङ–पोखरा मगर समाजको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले समाजको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ ।
भवन निर्माणका लागि समाजले हालै पोखरा महानगरपालिका वडा नं. १४, काजीपोखरीमा ८ आना जग्गा खरिद गरेको छ । समाजका सदस्यहरूबाट आर्थिक संकलन गरी सो जग्गा खरिद गरिएको समाजका अध्यक्ष गजेन्द्र थापामगरले जानकारी दिनुभयो ।
साधारणसभामा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर, निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक रामबहादुर पुनमगर, पूर्व अध्यक्ष एवं सल्लाहकार तथा भवन निर्माण समितिका संयोजक क्या. मीनबहादुर पुनमगर, पूर्व अध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसमगर, सल्लाहकारहरू किरणप्रसाद थापामगर र कोपिला श्रीसमगरले स्थापनाको १५ वर्षमा समाजले गति लिन थालेको बताउँदै जग्गा खरिद गरी भवन निर्माण कार्य सुरुवात हुन लाग्नु महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।
सो साधारणसभाले सचिव रूद्रबहादुर श्रीसमगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष सु.मे. चन्द्रबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बागलुङ–पोखरा मगर समाजको १५ औं वार्षिक साधारणसभा सम्पन्न
२२ फाल्गुन २०७८, आईतवार
380
Advertisment