नेकपा सचिवालय बैठक मंगलबारलाई आह्वान

काठमाडौं, २४ चैत्र
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार ४ बजेका लागि बोलाइएको छ । बैठकमा कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ ।
सचिवालय बैठक बोलाउन सदस्यहरूबाट दबाब भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको हो । चीनबाट स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको र सामग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि नेकपाभित्रै विवाद छ । यसबारे छलफल गर्न सचिवालय बैठक बोलाउन सदस्यहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग माग गरिरहेका थिए ।
चैत्र ५ गते बैठक बसेयता नेकपाको सचिवालय बैठक बसेको छैन । पार्टी वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लगायतका सचिवालय सदस्यहरूले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

Advertisment