पोखरा, २५ फागुन
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च), थकाली समुदायको महत्वपूर्ण पर्व फागु पूर्णिमा (तोरन ल्ह) एवं मधेशी समुदायको महत्वपूर्ण पर्व होली पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आइतबार साँझ शुभकामना सन्देश जारी गर्दै उहाँले यी सबै दिवस र पर्वले राष्ट्रिय एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्नुभएको छ । साथै, प्रदेश प्रमुख शेरचनले सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि र विश्व शान्तिको कामना समेत गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा शुभकामना व्यक्त
२५ फाल्गुन २०७६, आईतवार
1732

Advertisment