बाजुङ समाज, हङकङमा नयाँ कार्यसमिति

जोर्डन, १५ पुस
पर्वतको बाजुङमा जन्मिएर हाल हङकङमा कार्यरत बाजुङबासीहरूको संस्था बाजुङ समाज, हङकङले नयाँ कार्यसमिति पाएको छ । मंगलबार भएको वार्षिक भेलाबाट समाजको नयाँ कार्यसमिति गठन भएको हो ।
पर्वत मञ्च, हङकङका अध्यक्ष दुर्गा गुरुङ “मिलन”को प्रमुख आतिथ्यमा जोर्डनस्थित कंगन रेष्टुरेण्टमा सम्पन्न समाजको भेलाबाट अध्यक्षमा गोपाल गुरुङ “मोहन”, सचिवमा धनबहादुर गुरुङ “सुवास” र कोषाध्यक्षमा विक्रम गुरुङ “मिलन” चयन हुनुभएको छ । त्यस्तै, समाजका सल्लाहकारहरूमा गंगाकुमारी गुरुङ, धनकुमारी गुरुङ, कृष्णमाया गुरुङ, देउमाया गुरुङ, दीपा गुरुङ, बेलकुमारी गुरुङ, डिम्पल गुरुङ, दीपा घले, दुर्गा मल्ल, अरुण मल्ल र सुरेश शर्मा चयन हुनुभएको छ ।


यसैबीच, बाजुङ बचत तथा लगानी कोष, हङकङको अध्यक्षमा बेलकुमारी गुरुङ चयन हुनुभएको छ । सोही अवसरमा भएको भेलाबाट संरक्षकमा दुर्गा गुरुङ “मिलन”, सदस्यहरूमा गोपाल गुरुङ “मोहन”, धनकुमारी गुरुङ, कृष्णमाया गुरुङ, डिम्पल गुरुङ र दुर्गा मल्ल चयन हुनुभएको छ । कोषले स्वदेशमा लगानी गर्ने उद्देश्यका साथ बचत संकलन सुरु गरिएको कोषका संरक्षक दुर्गा गुरुङ “मिलन”ले जानकारी दिनुभयो ।

Advertisment