नेतालाई प्रश्न गर्न डा. भट्टराईको आग्रह

पोखरा, ९ मंसिर
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा समाजवादी पार्टी, नेपालले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ । आइतबार पोखरा आइपुगेका समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सोमबार देखि घरदैलोमा व्यस्त हुनुभएको थियो ।
समाजबादी पार्टी कास्कीले उम्मेदबारसहितको घरदैलो कास्कीको जैमुरे र गर्लाङ्गमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै समाजबादी पार्टीका उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङले राजनीतिमा ईमान्दार व्यक्तिहरुको अभालाई आफ्नो जितले फुलफिल गर्ने बताउनुभयो ।
गर्लाङ्गमा उम्मेदवारलाई गाउँलेहरुले बाजागाजासहित स्वागत गरेका थिए ।
यसैगरी, समाजबादी पार्टीका अध्यक्ष डा. भट्टराई पोखरा महानगरपालिका १५ मा भएको घरदैलोमा बोल्दै नेतालाई प्रश्न गर्न आग्रह गर्नुभएको छ । उहाँले काण्डैकाण्डको जगमा उभिएको नेकपालाई जनताले प्रश्न नगर्दा नेकपा कुहिएको अण्डा बनेको समेत बताउनुभयो ।

Advertisment