दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेशको अध्यक्षमा सुरेन्द्र गुरुङ निर्वाचित

पोखरा, ५ भदौ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा कास्कीका लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । अध्यक्ष पदकी प्रत्यासी सीता केसीलाई ३८ मतान्तरले पराजित गर्दै अध्यक्षमा गुरुङ निर्वाचित भएका हुनुभएको हो ।
शनिबार दिउँसो सम्पन्न भएको मतदानको नतिजा अनुसार अध्यक्ष पदमा गुरुङले १३३ मत प्राप्त गर्दा केसीले ९५ मत प्राप्त गर्नुभयो । प्रदेशको नेतृत्व लिन सुरुमा ८ जना आकांक्षी देखिएपनि अन्तिममा दुई जना बीच मात्र निर्वाचन भएको हो ।
प्रदेशको प्रथम अधिवेशनमा तदर्थ समितिका अध्यक्ष शंकर विरही गुरुङ र सहअध्यक्ष राजेन्द्र सापकोटाले पनि प्रदेशको नेतृत्व लिन इच्छा राखे पनि अन्तिममा उम्मेदवारी फिर्ता लिनुभयो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा पूर्ण परियार विजयी हुनुभएको छ । उहाँले ११६ मत प्राप्त गर्दा अमर धितालले १०८ मत प्राप्त गर्नुभयो । प्रथम उपाध्यक्षका लागि ३ जना विच भएको निर्वाचनमा केशव देवकोटा १०१ मतका साथ विजयी हुनुभयो । जसमा प्रत्यासीहरू जयकुमार परियार ३३ र शिवहरि ढुंगानाले ८८ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारीलाई झिनो मतान्तरले पराजित गर्दै आरसी पौडेलले विजय हुनुभयो । पौडेलको पक्षमा ११४ मत खस्दा अधिकारीको पक्षमा ११० मत खस्यो । महिला उपाध्यक्षमा माया गुरुङ, सचिवमा राजन कार्की र महिला सचिवमा मञ्जु विक सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
दुई सहसचिवका लागि भएको निर्वाचनमा ज्योति लोहनी र रामजी पौडेल विजयी भए । पौडेलले १५९ र लोहनीले १२३ मत प्राप्तगर्दा अर्का प्रत्यासी अमित विश्वकर्माले १०१ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि ३ जना बीच प्रतिष्पर्धामा भएकोमा इन्द्रा गुरुङ विजय हुनुभयो । उहाँले ९८ मत प्राप्त गर्दा अर्का उम्मेदवार शंकर पन्तले ६१ र केशव घिमिरेले ५७ मत प्राप्त गर्नुभयो ।
सहकोषाध्यक्षका लागी कृष्ण सुवेदी र ईश्वर सिंहले बीच भएको चुनावमा २३ मतान्तरले विजयी भए । सुवेदीको पक्षमा १२३ मत खस्दा ईश्वर सिंहको पक्षमा १०० मत खस्यो । सदस्यहरूमा सरस्वती लामिछाने, मिलन सापकोटा, विष्णुकुमार वाग्ले, दीपक पौडेल, रतिमाया खडका, प्रेम बस्याल, विमल जिसी, प्रदीप त्रिपाठी, अनिता पन्त, युवराज भण्डारी, गोविन गुरुङ, निश्चल थापामगर, होमबहादुर गुरुङ, रितकुमार श्रेष्ठ, सीता परियार, जयनारायण लम्साल, हिरन थापामगर र सविना केसी सर्वसम्मत चयन हुनुभएको छ । प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष पशुपति शर्माको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको हो ।

Advertisment