निर्मला हत्या प्रकरणमा गम्भीर अनुसन्धान जारी ः गृहमन्त्री बादल

काठमाडौं, ८ साउन
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरीले अहिले पनि गम्भीर रुपमा अनुसन्धान जारी राखेको बताउनुभएको छ ।
गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले निर्मला पन्तको घटनामा राजनीतिकरणको प्रयास बढी भएको कारणले गर्दा अनुसन्धान प्रभावित भएको पनि बताउनुभयो । यो घटना गृह मन्त्रालयसंग जोडिएको भन्दै भएको राजनीतिकरण दुःखद भएको उहाको भनाई छ । पीडितलाई न्याय दिने कुरामा लानपर्ने भन्दै यसलाई राजनीतिकरण गर्न नहुने उहाँले बताउनुभयो । उहाँले यस्ता घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको तथ्यांक पत्रकार सम्मेलनमार्फत प्रस्तुत गरे । त्यस्तै उहाले विप्लव समूह वार्तामा आउने प्रकृयामा रहेको र निकट भविष्यमा नै उनीहरुसँग वार्ता हुने सम्भावना रहेको समेत जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले अनियमिततामा संलग्न १८ सय ठेकेदारको फाइल पनि गृहले अख्तियारमा बुझाएको जनाएको छ । गृहमन्त्रालयले गत आर्थिक वर्षको कार्य सम्पादन तथा आगामी वर्षको कार्ययोजना बारे पनि जानकारी गराएको थियो ।

Advertisment