मगर संघ, बरबोट इकाईको अध्यक्षमा दिलीप रानामगर

स्याङ्जा, १८ जेठ
नेपाल मगर संघ, बरबोट इकाई समिति, पुतलीबजार नगरपालिका वडा नं. ४, स्याङ्जाको अध्यक्षमा दिलीप रानामगर चयन हुनुभएको छ ।
शनिबार सम्पन्न भेलाबाट उपाध्यक्षमा निर्मला रानामगर, सचिवमा कुमार थापामगर र कोषाध्यक्षमा ओम रानामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा युवक रानामगर, निर्मल रानामगर, श्याम रानामगर, शशीकला रानामगर र संगीता रानामगर चयन हुनुभएको छ ।
त्यस्तै, शनिबार नै सम्पन्न मगर महिलाहरूको भेलाबाट निर्मला रानामगरको अध्यक्षतामा नेपाल मगर महिला संघ, बरबोट इकाई समिति गठन भएको छ ।
जसको उपाध्यक्षमा इन्दु रानामगर, सचिवमा सिर्जना थापामगर र कोषाध्यक्षमा शान्ति रानामगर चयन हुनुभएको छ । सदस्यहरूमा गंगा रानामगर, टिकाकुमारी रानामगर, मुना रानामगर, लक्ष्मी रानामगर र विष्णुकुमारी रानामगर चयन हुनुभएको छ ।


यसअघि, भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ओमबहादुर खड्काले आफ्नो भाषा, संस्कृति र भेषभूषा संरक्षणका लागि मगरहरू संगठित हुनु खुशीको कुरा भएको बताउनुभयो । वडाभित्रका मगरहरूको भाषा, संस्कृति र भेषभूषा संरक्षणका लागि आदिवासी जनजाति लक्षित बजेट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै वडाध्यक्ष खड्काले सबै समुदायको उत्थान भएमात्र समृद्धिले सार्थकता पाउने बताउनुभयो ।
नेपाल मगर संघ, स्याङ्जाकी कोषाध्यक्ष लक्ष्मी थापामगरले आफ्नो लोपोन्मुख भाषा, संस्कृति र भेषभूषा संरक्षणका लागि संगठित हुनु आवश्यक रहेको भन्दै एकताबद्ध प्रयासले मात्र कुनै पनि लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । आफ्नो पहिचानको रक्षाका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्ने बेला आएको भन्दै कोषाध्यक्ष थापामगरले इकाई समितिलाई जिल्लाका तर्फबाट निरन्तर सहयोग रहने वचन दिनुभयो ।
कार्यक्रममा समाजसेवी खुमबहादुर रानामगर, कुमार थापामगर, बाडखोला–प्रगतिनगर मगर समाजका कोषाध्यक्ष सूर्यबहादुर थापामगर, नेपाल मगर संघ, स्याङ्जाकी जिल्ला सदस्य सुनमाया रानामगरलगायतले बोल्नुभएको थियो ।
नेपाल मगर संघ, पुतलीबजार नगर समितिका अध्यक्ष लीलबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव भीम रानामगर र उपाध्यक्ष यामसरा रानामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment