मिलन फाउण्डेशनकी अध्यक्ष गुरुङलाई कार्यसमितिको स्वागत

पोखरा, २९ चैत्र
मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा गुरुङलाई कार्यसमितिले स्वागत गरेको छ । हङकङबाट नेपाल छुट्टीमा आएकी अध्यक्ष गुरुङको नेपाल बसाइँ उपलब्धीमूलक बनोस् भन्दै स्वागत गरेको हो ।
बिहीबार सम्पन्न फाउण्डेशनको बैठकमा अध्यक्ष गुरुङलाई उपाध्यक्ष देवी गुरुङ, सचिव मदन गुरुङ, आर्थिक संयोजक धनकुमारी गुरुङलगायतले स्वागत गर्नुभएको हो । त्यसैगरी, सो अवसरमा कार्यसमिति सदस्यहरू कृष्णकला केसी, सरस्वती क्षत्री, गौरी गुरुङ, रूद्रबहादुर श्रीस, प्रचार संयोजक मणि गुरुङलगायतले अध्यक्ष गुरुङलाई स्वागत गर्नुभयो ।
सो अवसरमा फाउण्डेशनका सक्रिय सदस्य नारायण क्षत्रीलाई पनि साउदी अरबबाट नेपाल छुट्टीमा आएको अवसरमा स्वागत गरिएको थियो । स्वागतपछि आफ्नो भनाइ राख्दै फाउण्डेशनकी अध्यक्ष गुरुङले आफ्नो अनुपस्थितिमा पनि नेपालमा फाउण्डेशनका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूले सक्रियतापूर्वक काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । साथै, आगामी दिनमा पनि फाउण्डेशनलाई अघि बढाउन आफूले प्रवासमै रहेर भएपनि निरन्तर सहयोग गरिरहने उहाँले बताउनुभयो ।
यसैबीच, बैठकले नयाँ वर्ष २०७६ को भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरेको छ । त्यसैगरी, फाउण्डेशनले प्रकाशन गर्न लागेको मिलन स्मारिकाका लागि आवश्यक लेख, रचना आगामी वैशाख १५ गतेभित्र संकलन गरिसक्ने निर्णय पनि गरेको छ । बैठकले यसअघि, फाउण्डेशनले सम्पन्न गरेका विभिन्न सामाजिक कार्यहरूको समीक्षा गर्दै स्थापनाकालदेखि निरन्तर रुपमा सहयोग गर्दै आउनुभएका फाउण्डेशनका संरक्षक वरिष्ठ समाजसेवी दुर्गा गुरुङ “मिलन”लाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

Advertisment