मगर संघ, स्याङ्जाको अध्यक्षमा तरामु

गल्याङ, २३ चैत्र
नेपाल मगर संघ, जिल्ला समन्वय समिति, स्याङ्जाको सातौँ अधिवेशनबाट अध्यक्षमा लोकेन्द्र तरामुमगर चयन हुनुभएको छ । स्याङ्जाको गल्याङमा शनिबार सम्पन्न बन्दसत्रबाट तरामु मगरको अध्यक्षतामा २५ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा बिनोद रानामगर, महिला उपाध्यक्षमा कृष्णमाया रानामगर, प्रथम उपाध्यक्षमा खुमबहादुर वीरकट्टामगर, द्वितीय उपाध्यक्षमा क्या. दिलबहादुर थापामगर, सचिबमा सागर चर्ती थापामगर, सहसचिबमा लोकबहादुर सारु मगर र कोषाध्यक्षमा लक्ष्मी थापा चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा दिलीप थापामगर, मन बहादुर थापा मगर, भिम राना मगर, दल बहादुर सिंजाली, कृष्णा थापा, खेमानसिंह थापा मगर, केशर थापा मगर, प्रशान सिंजाली सुनमाया राना मगर, पुर्ण माया थापा मगर, डोल बहादुर थापा मगर, उमेश दर्लामी र सुमित्रा रेश्मी मगर चयन भएको संघका सचिब सागर थापा मगरले जानकारी दिनुभयो ।
उनका अनुसार मुख्य निर्बाचन अधिकृत खगीसरा राना मगरको संयोजकत्वमा रामबहादुर थापा मगर, नारायण थापा मगर र ईन्द्र बहादुर राना मगरको निर्बाचन समितिले ३ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले अधिकार खोजेर नभई लडेर लिनुपर्ने बताउनुभयो । उहाँले राजनैतिक र प्रशासकीय पहुँचका लागि देशभर छरिएर रहेका मगर गोलबन्द हुन जरुरी रहेको औल्याउँदै सोको आवाज बुलन्द गर्न नेपाल मगर संघको स्थापाना भएको धारणा ब्यक्त गर्नुभयो ।
मगर संघको आन्दोलन सिमित जाति विरुद्ध नभई अन्यायमा परेका मगर लगायत अन्य समुदायको न्याय र समानताको लागि रहेको समेत बताउनुभयो । त्यस्तै, कार्यक्रमका बिशेष अतिथि समेत रहेका गण्डकी प्रदेशसभा सदस्य दीपक थापा चर्तीमगरले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै प्रदेशलाई समृद्धको दिशा निर्देश गर्नुपूर्व जनजातिको भाषा, कला, धर्म संस्कृतिको संरक्षण नितान्त आवश्यक रहेको बताउनुभयो । उहाँले मगर संघको माध्ययबाट कुनै समुदायको मात्र चौतर्फी बिकास नभई सिङ्गो वर्गकै उत्थान भएको बताउनुभयो ।
फरक प्रसंगमा चर्तीमगरले पर्यटकीय हिसाबले गण्डकी प्रदेश नेपालकै केन्द्र रहेको बताउँदै पर्यटन प्रर्बद्धनको लागि कल्चर, नेचर र एड्भेण्चरलाई अझ बिशेष जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।

Advertisment