लोपोन्मुख संस्कृति संरक्षण गर्न प्रतिबद्ध छौं ः गलकोट नगर प्रमुख शर्मा

थम्मन थापा “सन्देश”
गलकोट, १८ मंसिर
गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले लोपोन्मुख कला संस्कृति संरक्षणको लागि नगर सदैव लागि पर्ने बताउनु भएको छ । धर्मपोखरी युवा समाज गलकोट नगरपालिका वडा नं. ११ रिघाले आयोजना गरेको तिहार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताउनु भएको हो । त्यसको लागि स्थानिय कल्व संघ संस्था र नगर बिच सहकार्य आवश्यकता रहेको उहाककको भनाई थियो । मगर समुदायमा आधारित सोरठी रिघाको पहिचान भएको भन्दै त्यसको संरक्षणमा युवा पुस्ता सक्रिय हुनु प्रशंसनिय कार्य रहेको गैरेले बताउनु भयो । त्यस्तै नगर उपप्रमुख रेनुका काउचा मगरले संस्कृतिको संरक्षणको लागि गलकोट नगरपालिकाले आवश्यक बजेट विनियोजन गरिसकेको हुककदा अब कामलाई अगाडि बढाउने बताउनुभयो । सो अवसरमा स्थानियद्वारा देउसी भैलो सककगै सोरठी प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, खेलाडी, कलाकार, पत्रकार, समाजसेवी लगायतलाई सम्मान प्रदान गरिएको थियो । समाजले तिहारको अवसरमा सामुहिक देउसी भैली खेली संकलित रकमबाट सामाजिक कृयाकलापहरु गर्दै आइरहेको वडा अध्यक्ष डम्मर श्रीसले बताउनु भयो । मगर समुदायको बाहुल्यता रहेको रिघामा परम्परा देखि नै तिहारमा सोरठी देउसी भैलो खेल्ने प्रचलन रहेको छ । कार्यक्रम धर्मपोखरी युवा समाज गलकोट नगरपालिका ११ रिघाका संयोजक दिनेश श्रीसको अध्यक्षता र मनोज पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisment