मगर संघ इजरायलको अध्यक्षमा लीला थापामगर

तेल अभिभ, १ साउन
नेपाल मगर संघ इजरायल शाखाको अध्यक्षमा लीला थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शुक्रबार सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौं वार्षिकोत्सवबाट प्रथम उपाध्यक्षमा जय पुनमगर, द्वितीय उपाध्यक्षमा मन रानामगर, तृतीय उपाध्यक्षमा सूर्य रानामगर, महासचिवमा धनु काउचामगर, सचिवमा विवश आलेमगर, सह–सचिवमा काली पुर्जामगर, कोषाध्यक्षमा चित्र जुग्जालीमगर र सह–कोषाध्यक्षमा रोजा थापामगर निर्वाचित हुनुभएको छ । त्यसैगरी, सांस्कृतिक विभाग संयोजकमा सिमन पुर्जामगर र सह–संयोजकमा रोजिना थापामगर निर्वाचित हुनुभयो ।
त्यस्तै, सदस्यहरूमा कमला गर्बुजामगर, विद्या थापामगर, विजय पुनमगर, सुशीला थापामगर, माया आलेमगर, लक्ष्मी थापामगर, ललिता पुनमगर, तुल घर्तीमगर, कुसुम पुर्जामगर र एक जना पछि मनोनित गरिने जनाइएको छ ।


मगर संघ इजरायल शाखाको संरक्षकमा दीपक रानामगर, संस्थापक सल्लाहकारमा केशव रानामगर, निवर्तमान अध्यक्षमा विष्णु पुनमगर, अन्य सल्लाहकारहरूमा राम थापामगर र चन्द्रा पुलामीमगर रहनुभएको छ । साथै, संगठन विभागमा विष्णु गर्बुजामगर, भगवती राजमगर, दिल पुनमगर, नन्द रानामगर, भक्त पुनमगर, सारा थापामगर, तारा गर्बुजामगर, माया घलेमगर, प्रेम पुनमगर, अनन्त थापामगर, पूजा पुनमगर, रोजी पुनमगर, खीमा पुनमगर, रस्मिता काउचामगर, देव बलम्पाकीमगर, नारायण पुनमगर र तारा काउचामगर रहनुभएको छ ।
अधिवेशनको उद्घाटन नेपाल मगर संघकी उपाध्यक्ष गंगा खासुमगरले गर्नुभएको थियो । अधिवेशनमा प्रमुख अतिथिका रुपमा बोलाइएका इजरायलका लागि नेपाली राजदूत निरञ्जनकुमार थापा भने अनुपस्थित रहनुभयो । राजदूत थापा मगर संघको कार्यक्रममा नआइ २०५ औं भानु जयन्ती कार्यक्रम उद्घाटन गर्न पुग्नुभएको थियो ।

Advertisment