‘खोलीको दुई किनार’ लिएर आए मदन गिरी

रूद्र श्रीसमगर
पोखरा, ३१ जेठ
गीतकार एवं संगीतकार मदन गिरीले आफ्नै शब्द र संगीतमा नयाँ गीत लिएर आएका छन् । उनले ‘खोलीको दुई किनार’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
सुरज सुन्दौलीको स्वरमा रहेको गीतका रेकर्डिष्ट सिजन बज्राचार्य र एरेञ्जर गुप्त गुरुङ हुन् । म्यूजिक भिडियोको निर्देशन मदन गिरी आफैंले गरेका हुन् भने छायाङ्कन तथा सम्पादन दानबहादुर श्रीस र मिलन गुरुङले गरेका हुन् ।
म्यूजिक भिडियोमा सुरज र दिप्तीले अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिको युट्युब च्यानलमार्फत् म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

Advertisment