माक्र्सबादको अध्ययन हुन जरुरी ः अध्यक्ष प्रचण्ड

पोखरा, २२ बैशाख । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड”ले बर्तमान समयमा कार्ल माक्र्सबादको गहिरो अध्ययन हुन जरुरी रहेको बताउनुभएको छ ।शनिबार पोखरामा माओबादी केन्द्र कास्कीद्धारा आयोजित कार्ल माक्र्स द्विशतबार्षिकी कार्यक्रमा बोल्दै उहाले देश, समाज  र राष्ट्र परिबर्तनका लागी माक्र्सबादको भुमिका हुने भएकाले गहिरो अध्ययन हुन जरुरी रहेको बताउनुभएको हो ।

उहाले माक्र्सबादले निरन्तर बिकासको माग गर्ने बताउनुहुदै मुलुक संघीय संरचनामा गएसँगै जनताले कम्युनिष्टहरुसँग बिकासको दरिलो आश गरेको बताउनुभयो ।“माक्र्सबाद एउदा बिज्ञान हो, बिज्ञानमा परिक्षण हुन अवश्यक छ” बिज्ञानको आधारभुत सिद्धान्त प्रति ईमान्दार हुन सकेको खण्डमा मात्र देशले बिकासको गति लिन सक्ने उहाले बाताउनुभयो । उहाले १० बर्षे जनयुद्ध पश्चात बिशेषगरी सुचना प्रबिधिमा बिकास भएको दाबि गर्नुभयो ।

बिज्ञान प्रबिधिको प्रयोगले समाज समतामुलक भएको भएतापनि सम्पुर्ण स्रोत तथा साधनहरु पुजीबादिहरुको हातमा केन्द्रित हुदा जनताले त्यसबाट सामाजिक न्यायको प्रत्याभुत गर्न नपाएको समेत बताउनुभएको थियो ।

Advertisment