नाटक ‘बितेका कुरा’को रिर्हसल शुरु

पोखरा २० बैशाख । पोखरा थिएटरको प्रस्तुतीमा नाटक ‘बितेका कुरा’ मञ्चन हुने भएको छ । आगामी जेठ ३ गतेबाट मञ्चन नाटकको रिर्हसल भै रहेको छ । नाटकलाई उत्कृष्ट बनाउन यतिबेला कलाकारले रिर्हसल मार्फत मेहनत गरिरहेका हुन् । रुपनारायण सिँहले लेखेको यो नाटक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गर्दैछन् । नाटकको परिकल्पना पनि कार्कीले गर्नेछन् ।

यो नाटकबाट पुराना रंगकर्मी प्रकट पंगेनी शिव ३२ वर्षपछि रंगमञ्च फर्कदैछन् । यसैगरी दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिमिल्सिना, सिम्रन पौडेलको अभिनय नाटकमा हेर्न पाइनेछ । झण्डै डेढ घण्टा लामो नाटक जेठ ३ गतेबाट जेठ १९ गतेसम्म पोखराको ग्रैहापाटनमा सञ्चालित पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ ।

सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ । पोखरा थिएटरको पहिलो प्रस्तुतीमा मञ्चन भएको नाटक सिरुमारानीबाट दर्शकको अपार माया पाएकोले उत्साहित बनेको यो टिममा अधिकांश कलाकार दोहोरीएका छन् । नाटकलाई परिपक्क बनाउदै पोखरेली नाट्य क्षेत्रप्रतिको आशालाई बढाउन पुराना रंगकर्मी प्रकट पंगेनी शिवको कमब्याक महत्वपुर्ण बन्ने अपेक्षा थिएटरले गरेको छ ।

त्यसोत लामो समयपछि रंगमञ्चमा फर्किने मेसोमेलो जुरेकोमा शिव पनि उत्साहित छन् । सबै कलाकारको मेहनतले नाटकलाई उत्कृष्ट बनाउदै पोखरेली दर्शकको साथ प्राप्त गर्नेमा ढुक्क रहेको निर्देशक कार्कीले बताए । विभिन्न कुराको मिश्रण रहने नाटकले दर्शकको ध्यान खिच्नेमा उनी आशावादी छन् ।

Advertisment