गोर्खा कम्युनिटी पोखराको नवौं वार्षिकोत्सव मनायो

पोखरा, १३ बैशाख । आफ्नोपन, आफ्नै पहिचान, सबल नेपाल हाम्रो अभियान नाराका साथ स्थापित गोर्खा कम्युनिटी पोखराको विहीवार नवौं वार्षिकोत्सव तथा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।ब्रिटिस, भारतीय र गोर्खा कन्टिजेण्ट सिंगापुर पुलिस फोर्सका पुर्व सैनिक तथा पुलिसहरुलाई संगठित गर्दै व्यवसायिकता तर्फ उन्मुख गोर्खा कम्युनिटी पोखराका सल्लाहकार, पोखराका पुर्व उपमेयर क्यापटेन मानबहादुर गुरुङ र गोर्खा कम्युनिटीका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले दीप प्रज्वलनसहित केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले गोर्खा कम्युनिटी पोखराले गोर्खाज परिवारलाई संगठित गर्दै व्यवसायिकता र समाज निर्माणको अभियानमा जुटेको बताउनुभयो। गोर्खा कम्युनिटीको शाखाहरु गोर्खा सहकारी, गोर्खा बराह ज्वेलरी, गोर्खाली एफएम, गोर्खा अर्गानिक फर्म वर्षेनी प्रगतितर्फ लम्किरहेको दावी गर्नुहुदै नवौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।

सल्लाहकार तथा पुर्व उपमेयर क्या.मानबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै गोर्खाहरुको एकताहरु गोर्खा परिवारको अधिकार प्राप्त मात्रै नभई मुलुक समृद्ध बनाउन योगदान पुग्ने बताउनुभयो।कम्युनिटीका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका सचिव भुपाल कुँवरले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रम सहभागी विच एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए।

Advertisment