लायन्स क्लब राइजिङ स्टारले सुरु ग¥यो मेटल वेल्डिङसम्बन्धी तालिम

पोखरा, १७ साउन
लायन्स क्लब अफ पोखरा राइजिङ स्टारको आयोजनामा मेटल वेल्डिङसम्बन्धी एक महिने तालिमको शुभारम्भ भएको छ ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालका डिष्ट्रिक्ट गभर्नर लायन चण्डीप्रसाद अर्यालले तालिमको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै डिष्ट्रिक्ट गभर्नर अर्यालले क्लबले आयोजना गरेको तालिमको प्रशंसा गर्दै तालिमले युवाहरूलाई रोजगारीसँग जोड्न महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।


क्लबका अध्यक्ष लायन थमन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट ट्रेजरर लायन शम्भुराज बाँस्तोला, डिष्ट्रिक्ट प्रोजेक्ट कोअर्डिनेटर लायन कुलचन्द्र शर्मा, डिष्ट्रिक्ट प्रोजेक्ट एक्सपर्ट लायन ई. शारदामोहन काफ्ले, क्लष्टर चिफ लायन लक्ष्मण तिमिल्सिना, रिजन चेयरपर्सन लायन फणिन्द्र शर्मा, जोन चेयरपर्सन लायन रामचन्द्र पौडेलले क्लबले आयोजना गरेको कार्य अनुकरणीय रहेको उल्लेख गर्दै शुभकामना दिनुभएको थियो भने डिष्ट्रिक्ट सिनियर काउन्सिलर लायन विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै, सो अवसरमा क्लबको तर्फबाट छोरेपाटन माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी आकाश विकलाई शैक्षिक सहयोगबापत नगद चेक हस्तान्तरण गरिएको थियो ।

Advertisment