वीर घर्ती मगर, न्यूयोर्क
जलाई/०२/२०२२ ।
लायन्स क्लब अफ क्विन्स बुद्ध न्यूयोर्कमा यही जुन ३० २०२१ मा सम्पन्न सम्पुर्ण पदाधिकारीहरुको भर्चुअली बसेको बैठकबाट अध्यक्ष पदमा नयॅा नेतृत्वमा खडग बहादुर पुलामी मगर (बिक्की) सर्वसम्मत निर्वाचित भएका छन् । ई. सं २०१६ मा स्थापना भएको क्लबले आगामी १ वर्षे कार्यकाल २०२२–२३ को लागी पाँचौ अध्यक्ष पदको लागि चयन गरेको हो ।
भर्चुअली बसेको बैठकबाट प्रथम उपाध्यक्षमा लायन बुद्ध पौड्याल, द्वितीय उपाध्यक्षमा लायन सोनु मल्ल र तृतीय उपाध्यक्षमा लायन शिबजी खड्का सर्वसम्मत निर्वाचित भएका छन् भने सचिव पदमा लायन चन्द्र नेपाली, कोषाध्यक्षमा सुरेश कार्की, मेम्बरशिप चेयरमा सांग दोर्जे शेर्पा र सिग्नेचर कार्यक्रम संयोजकमा प्रकाश बस्नेत सर्बसम्मत चयन भएका हुन । अध्यक्ष पुलामी मगरले सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद दिदै क्लबको विधान अनुसार काम गरेर कार्यक्रमको योजना बनाई उत्कृष्ट काम गर्ने बताउनु भयो ।