मगर संघ माटेपानीको नवनिर्मित भवन उद्घाटन

पोखरा, ३१ जेठ
नेपाल मगर संघ, माटेपानी इकाई समितिको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच सबैभन्दा धेरै चन्दा सहयोग गर्ने चन्दादाता व्यवसायी मुनेश थापामगरले भवनको उद्घाटन गर्नुभएको हो ।
भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताउँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताउनुभयो । नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले मगर संघमा अग्रजहरूले पु¥याएको योगदान उल्लेखनीय रहेको भन्दै मनकारी व्यक्तिहरुको सहयोगले नै मगर संघले आफ्ना भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको बताउनुभयो ।


नेपाल मगर संघ, माटेपानीका अध्यक्ष दुर्गाबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बमबहादुर श्रीसमगर, जिल्ला सचिवालय सदस्य डिलबहादुर श्रीसमगर, देउकुमारी थापामगर, पूर्व अध्यक्ष चन्द्रप्रकाश थापामगर, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगर, बागलुङ समाज, हङकङका उपाध्यक्ष चन्द्रबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ, माटेपानीकी पूर्व अध्यक्ष देउरुपा श्रीसमगर, अध्यक्ष दुर्गा रानामगर, संस्थापक अध्यक्ष पुष्पा रानामगर, मगर संघ, माटेपानीका संस्थापक उपाध्यक्ष भक्तबहादुर थापामगर, समाजसेवी प्रेमबहादुर रानामगर, अर्थ संकलन समितिका कोषाध्यक्ष शोभाकर थापामगर (कोपिला), तुलसी थापामगरलगायतले बोल्नुभएको थियो ।

Advertisment