जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नया वर्षको शुभकामना आदानप्रदान

कपिलवस्तु १ वैशाख । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नया वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नया वर्षको शुभकामना आदान प्रदान संगै कपिलवस्तुबाट सरुवा भइ जान लागेका प्रहरी निरीक्षकहरुलाई विदाइ र नया आएकाहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको हो ।

कपिलवस्तुबाट सरुवा भइ जाने प्रहरी निरीक्षकहरुलाई विदाइ तथा सरुवा भइ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको विभिन्न मातहतका युनिटमा आएका प्रहरी अधिकृतहरुलाई स्वागद गर्दै कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले नया गन्तब्यमा जिम्मेवार लिएर जानेहरुले आफ्नो मातहतका कर्मचारीले समेत सम्मान पाउने गरी काम गर्नुपर्ने निर्देशन दिए । प्रहरी प्रशासनमा हाकिमहरुले कर्मचारीहरुलाई समेत सम्मान हुने गरी काम गर्न सकेको खण्डमा कोही कसैवाट कुनैपनि आक्षेप आउन नसक्ने उनको भनाइ रहेको थियो । प्रहरी कर्मचारी वा कुनैपनि हाकिमले कसैप्रति अपेक्षा नराख्ने कसैप्रति भेदभाव नगरी समान ब्यवहार र कानुनमा टेकेर काम गरेको खण्डमा कही कतैबाट समस्या उत्पन्न नहुने समेत कार्कीले वताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट महानगरीय प्रहरी बृत्त थानकोटमा सरुवा भई जान लागेका प्रहरी निरीक्षक शंकर प्रसाद आचार्यले कपिलवस्तुमा रहेर प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा काम गर्दा धेरैनै व्यवशायीक अनुभव लिएको वताउदै आगामी दिनमा जहा रहेतापनि संगठनको हित हुने गरी काम गर्ने प्रतिवद्धता ब्यत्तः गरे ।
सो अवसरमा प्रहरी निरीक्षकहरु केशवराज ज्ञवाली, शंकर प्रसाद आचार्य, रण बहादुर विष्ट, दीलीप क्षेत्री, सुकदेव पौडेल, दिनेश गुरुङ, कृष्ण बहादुर खत्री, प्रेम प्रसाद रेग्मी, लिलाराम आचार्य र जगन्नाथ मरासिनीलाई अविर, खादा, टोपी र मायाको चिनो दिइ विदाइ गरिएको थियोभने ईलाका प्रहरी कार्यालय कृष्णनगरमा सरुवा भइ आएका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेलाई स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक रेशम पौडेलले गरेका थिए ।

Advertisment