कास्कीका मगर महिलालाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम

पोखरा, २२ फागुन
नेपाल मगर महिला संघ, कास्कीको आयोजनामा एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकार, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा भएको सो एक दिने कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मेखलाल श्रेष्ठले मगर महिलाको क्षमता विकासका लागि यस तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशकी अध्यक्ष दिलमाया गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । ७० जना प्रशिक्षार्थी सहभागी भएको तालिममा हिम्मतसिंह नेपाली, राजु घले र मित्र दुराले सहजीकरण गर्नुभएको थियो ।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगरले गर्नुभएको थियो भने सदस्य ज्ञानीसरा रानामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment