पोखरा, १९ साउन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशद्वारा सञ्चालित “कञ्चन पत्रकारिता पुरस्कार–२०७८” पत्रकारद्वय शान्ति गुरुङ (कास्की) र केबी रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ ।
प्रतिभा छनौट समितिले गरेको सिफारिसअनुसार महासंघको मंगलबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष एमबी आस्थाले जानकारी दिनुभयो । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । अधिवक्ता सुरेन्द्र थापामगर संयोजकत्वको प्रतिभा छनौट समिति सदस्यहरूमा अधिवक्ता जुनाकुमारी गुरुङ, हुमबहादुर गुरुङ तथा एमबी आस्था र रूद्र श्रीसमगर थिए । पुरस्कृत हुने गुरुङ रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा कार्यरत रहनुभएको छ भने मगर नवलपुरको देवचुली टेलिभिजनमा कार्यरत हुनुहुन्छ । उनीहरुलाई साउन २७ मा पोखरामा समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजू र उहाँको परिवारले आफ्ना बाबुआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा सो पुरस्कार स्थापना गर्नुभएको हो । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ जना आदिवासी जनजाति पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि बागलुङका राजेशचन्द्र राजभण्डारी र कास्कीका रूद्रबहादुर थापालाई सो पुरस्कार प्रदान गरिएको थियो ।
यस वर्षको कञ्चन पत्रकारिता पुरस्कार कास्कीकी गुरुङ र नवलपुरका रानालाई
२० श्रावण २०७८, बुधबार
527
Advertisment