मगर संघ, अमेरिका शिकागो च्याप्टर अध्यक्षमा राना

शिकागो, २७ जुलाई
मगर संघ, अमेरिका, शिकागो च्याप्टरको अध्यक्षमा पदम रानामगर सर्वसम्मत चयन हुनुभएको छ ।
शिकागोमा बसोबास गर्ने मगरहरूको भेलाबाट अध्यक्षमा रानामगर चयन हुनुभएको हो । त्यसैगरी, भेलाबाट उपाध्यक्षमा शंकर झेंडीमगर, महासचिवमा सबु रानामगर, सचिवमा सरस्वती मुखिया दर्लामीमगर, कोषाध्यक्षमा भीमा सारूमगर र सह–कोषाध्यक्षमा ज्ञानु पुनमगर चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा देव रानामगर, खिम खासुमगर, मानस रानामगर, खुम गाहामगर, भीमा पुनमगर, सुजन थापामगर, रोमन नाम्जालीमगर, रूपा थापामगर र विक्रम थापामगर रहनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई मगर संघ, अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

Advertisment