विप्लव र बादलबीच भेटवार्ता

काठमाडौं, ९ साउन
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच शनिबार भेटवार्ता भएको छ ।
भेटवार्तामा विप्लव र बादलबीच समसामयिक विषयमा छलफल भएको बादलको सचिवालयले जनाएको छ । नेताद्वयका बीचमा विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन तथा पछिल्लो राजनैतिक घटनाक्रमबारे समेत कुराकानी भएको बताइएको छ ।
बादलसँगको भेटमा विप्लवसहित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र नेता सन्तोष बुढा समेत सहभागी हुनुहुन्थ्यो । बादल जनयुद्ध सञ्चालन गर्ने तत्कालीन नेकपा (माओवादी)को प्रभावशाली शीर्ष नेता हुनुहुन्थ्यो भने विप्लव दोस्रो तहका प्रभावशाली युवा नेता हुनुहुन्थ्यो । अहिले बादल नेतृत्वको समूह नेकपा (एमाले)सँग एकीकृत भएको छ भने विप्लवले अलग्गै पार्टी नेकपा सञ्चालन गरिरहनुभएको छ ।

Advertisment