डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मगर चलचित्र ‘ट्याङ्चलाक’

पोखरा, ९ साउन
दक्षिण अफ्रिकामा बिहीबारदेखि “डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” सुरु भएको छ । जसमा मगर भाषा र संस्कृतिमा आधारित चलचित्र “ट्याङ्चलाक” (उज्यालोतिर) पनि छनौट हुन सफल भएको छ ।
मेजन पुनमगरको लेखन तथा निर्देशन रहेको सो चलचित्र नेपालको तर्फबाट छनौट हुन सफल भएको हो । चलचित्र छनौट भएपछि प्रतिक्रिया दिँदै निर्देशक पुनमगरले यसले आफू उत्साहित भएको बताउनुभयो ।
कोरोना महामारीका कारण चलचित्रले देशव्यापी प्रदर्शनमा जान नपाएपनि यसले थोरै भएपनि चलचित्रकर्मीलाई राहत दिने विश्वास गरिएको छ । यसअघि, पोखरामा यस चलचित्रको प्रिमियर शो गरिएको थियो । जसमा दर्शकले चलचित्रका बारेमा उत्साहजनक प्रतिक्रिया दिएको निर्देशक पुनमगरले भनाइ छ ।
डर्बान महोत्सवमा चलचित्र छनौटमा परेपछि निर्देशक पुनमगरले कलाकार, प्राविधिक, मानुङबासी र महोत्सव आयोजकप्रति आभार व्यक्त गर्नुभएको छ । जुलाई २२ तारिखदेखि सुरु भएको महोत्सव अगष्ट १ सम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

Advertisment