केम्पो खुकुरीको केन्द्रीय पूर्ण बैठक साउन १६ गते पोखरामा बस्ने

पोखरा, ५ साउन
नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघको केन्द्रीय पूर्ण बैठक यही साउन १६ गते गण्डकी प्रदेशको राजधानी पोखरामा बस्ने भएको छ ।
बैठकमा सहभागी हुनका लागि संघका केन्द्रीय पदाधिकारी, सदस्यहरू सबैलाई आमन्त्रण गरिसकिएको उपमहासचिव विमल कार्कीले जानकारी दिनुभयो । यसअघि, भएको संघको भर्चुअल बैठकले लुम्बिनी प्रदेशको बुटवलमा प्रशिक्षण सञ्चालन गर्ने र पोखरामा पूर्ण बैठकको आयोजना गर्ने निर्णय गरेको समेत उपमहासचिव कार्कीले बताउनुभयो ।
पोखरामा बस्ने संघको पूर्ण बैठकले केही महत्वपूर्ण निर्णय गर्ने संघका अध्यक्ष पूर्ण पाण्डेले जानकारी दिनुभयो । बैठकमा संघको संगठन सुदृढीकरण र केम्पो खुकुरी खेलको विकासबारे निर्णय हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।

Advertisment