अध्यक्ष थापा र सदस्य रानालाई मगर पत्रकार संघ, कास्कीको बधाई

पोखरा, १८ असार
नेपाल मगर पत्रकार संघ, कास्कीले अध्यक्ष रूद्रबहादुर थापामगर र कार्यसमिति सदस्य गीता रानामगरलाई नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको कार्यसमिति सदस्य र कास्की शाखाको कार्यसमिति सदस्यमा निर्वाचित भएको भन्दै बधाई ज्ञापन गरेको छ ।
संघले बधाईसहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकका क्रममा अध्यक्ष थापा र सदस्य रानालाई बधाई ज्ञापन गरिएको हो । सो अवसरमा संघका केन्द्रीय सल्लाहकार हर्कबहादुर आलेमगरले बधाईसहित सम्मान गर्नुभएको थियो ।

Advertisment