रिहानाको परिवारलाई बागलुङ–पोखरा मगर समाजको १५ हजार सहयोग

पोखरा, १० असार
ब्रेन ट्युमर भइ ज्यान गुमाएकी नौ वर्षीया बालिका रिहाना पुनको उपचारका लागि संकलित रकम एकमुष्ठ रुपमा बागलुङ–पोखरा मगर समाजले मृतक बालिकाको परिवारलाई हस्तान्तरण गरेको छ ।
समाजको पहलमा संकलित १५ हजार रुपैयाँ बिहीबार समाजका सल्लाहकारद्वय क्या. मीनबहादुर पुन र भीमबहादुर श्रीस, कोषाध्यक्ष कृष्णा पुनलगायतको उपस्थितिमा रिहानाकी ठूली आमा निर्मला घर्ती पुनलाई हस्तान्तरण गरिएको हो ।
रिहानाको ब्रेन ट्युमर भइ उपचारका क्रममा आर्थिक समस्या भएपछि देश तथा विदेशबाट आर्थिक संकलन सुरु गरिएको थियो । उनको उपचारकै क्रममा पोखराको लेकसिटी अस्पतालमा मृत्यु भएको हो ।

Advertisment