गोर्खा वेल्फेयर ट्रष्टद्वारा २३ लाखको स्वास्थ्य सामग्री सहयोग

पोखरा, २ असार
गोर्खा वेल्फेयर ट्रष्ट नेपालले पोखरा महानगरपालिकाले स्थापना गरेको आइसोलेन सेन्टर र संक्रामक तथा सरुवा रोग अस्पताल, शिशुवालाई २३ लाख भन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
अक्सिजन कसन्ट्रेटर, पल्स अक्सिमिटर, पीपीई, ह्यान्ड वाश प्वाइन्ट, १४ किलोको वाशिङ मेशिनलगायत गरी २३ लाख ६६ हजार ३ सय ५१ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बुधबार ट्रष्टका वरिष्ठ अधिकारी केदार राईले पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गर्नुभयो ।

Advertisment