अमेरिकाका मगर समुदायले मनाए भूम्या पर्व !

वीर घर्ती मगर,
न्यूयाेर्क, जुन/१४/२०२१
अमेरिकाकाे न्यूयाेर्कका मगर समुदायले भुम्या पर्व धुमधामका साथ मनाएका छन् । साेमबार नेपाल मगर समाज युएसए न्यूयाेर्क च्याप्टरले विशेष कार्यक्रमको आयोजना गरी भुम्या पर्व मनाएको हो ।                                                    विशेष गरि भूम्या पर्व रोकब्याधी नलागोस्, दैवीप्रकोपबाट बचियोस र राम्रो अन्नबाली फलोस् भनेर मगर समुदायले मनाउने प्रमुख पर्व हो । सो अवसरमा कार्यक्रममा सहभागीहरू विभिन्न मगरी खानाका परिकार र नाचगानमा समेत सरिक भए । कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो वाद्यवादन, गायन तथा नृत्य प्रस्तुत गरे भने विभिन्न खेलकुदकाे कार्यक्रम गतिविधि पनि गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल जनजाति महासंघ अमेरिकाका लाेक चेम्जोङले भाषा, संस्कृति कुनै पनि समुदायको पहिचान भएको र त्यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सबै जाति र समुदायको भाषा र संस्कृतिको संरक्षण गर्दै विदेशमा रहेपनी समृद्धिको यात्रामा हातमा हात मिलाएर अघि बढाउनुपर्ने प्रमुख अतिथि नेपाल जनजाति महासंघ अमेरिकाका लाेक चेम्जोङले बताउनुभयो ।
वर्षा सुरु हुनु अगाडि प्रकृतिको पूजा गर्ने चलन १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरुले मनाउँदै आएको मगर संघ अमेरिकाका केन्द्रीय समिति अध्यक्ष कुलदिप राना मगरले लाफा खबरलाई बताउदै भन्नुभयो मगरहरुले परम्परागत प्राकृतिक पूजा गरेपछि उनीहरुको नाचगान र खानपिन चल्छ छ । वरीपरिका गाउँहरुबाट समेत मानिसहरु भेला हुन्छन् ।
मगर भेषभुषामा सजिएर युवायुवती, बूढापाकाहरु आपसमा मिलेर बिभिन्न बाजागाजा, जस्तै दमाहा, टेम्पो, ढोल, झर्रा, सनाई र झ्यालीको तालमा दिनभरि नाच्ने गर्छन् ।

साथै मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष याम पुन मगरले पनि विदेश तथा स्वदेशमा रहनुहुने सम्पूर्णलाई शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment