एमाले नेता छन्त्याललाई पितृशोक

पोखरा, ३१ वैशाख
नेकपा (एमाले)का नेता अर्जुन छन्त्याललाई पितृशोक परेको छ । नेता छन्त्यालका ९६ वर्षीय पिता पूर्णबहादुर छन्त्यालको बिहीबार बिहान उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
बागलुङको बडीगाड गाउँपालिका–१०, दर्लिङका पूर्व प्रधानपञ्च समेत रहेका स्व. छन्त्याल बेलायती सेनाका अवकाशप्राप्त सैनिक हुनुहुन्थ्यो । स्व. छन्त्यालले बेलायतको तर्फबाट दोस्रो विश्वयुद्धमा समेत भाग लिनुभएको थियो । उच्च रक्तचापको समस्याबाट पीडित स्व. छन्त्यालको एक्कासी रक्तचाप न्यून भएपछि मणिपाल शिक्षण अस्पताल पु¥याइएको थियो । अस्पतालमै उपचारका क्रममा उहाँको निधन भएको हो । स्व. छन्त्यालका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् ।
स्व. छन्त्यालको शुक्रबार बिहान पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ । स्व. छन्त्याललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेकपा (एमाले)का नेता बालकृष्ण काउछा मगर, नेपाल कम्युनिष्ट पार्टीका नेता पूर्णजित पुन ‘उभार’लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Advertisment