बागलुङपानीका महिलालाई उद्घोषण तालिम

बागलुङपानी (लमजुङ), २४ वैशाख
लमजुङको क्होंलासोंथर गाउँपालिका–१, बागलुङपानीका महिलाका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत बागलुङपानी महिला सञ्जालको समन्वयमा आयोजित सो तालिममा वडा नं. १ अन्तर्गतका विभिन्न आमा समूहबाट २५ जना महिलाहरूको सहभागिता रहेको थियो । तालिममा उद्घोषणसम्बन्धी प्रशिक्षक रूद्र श्रीसमगर र कानूनी साक्षरताबारे अधिवक्ता जुनाकुमारी गुरुङले सहजीकरण गर्नुभएको थियो ।


यसअघि, तालिमको उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनि गुरुङले गाउँपालिकाका महिलाहरूको क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिमको आवश्यकता महसुस गरी तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै आफ्नो क्षमता विकासमा लाग्न महिलाहरूलाई आग्रह गर्नुभयो ।
कोरोना स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार आयोजित कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य सोमबहादुर विकले तालिमले वडाका महिलाहरूको नेतृत्व विकासमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । त्यस्तै, कार्यपालिका सदस्य गमी गुरुङले अन्य वडामा पनि तालिमको आवश्यकता भएपनि कोरोना कहरका कारण तत्काल तालिम सञ्चालन गर्न नसकिएको बताउनुभयो ।


बागलुङपानी महिला सञ्जालकी अध्यक्ष विष्णुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रनकाशी गुरुङ र वडा सदस्य विष्णुदेवी विकले स्वागत गर्नुभएको थियो ।

Advertisment