लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशमा सुवेदी

पोखरा, १४ वैशाख
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको मंगलबार साँझ सम्पन्न निर्वाचनबाट वर्ष २०२१÷०२२ का लागि अध्यक्षमा लायन कुश्मराज सुवेदी निर्वाचित हुनुभएको छ । यसअघि, प्रथम उपाध्यक्ष रहनुभएका सुवेदी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
क्लबको निवर्तमान अध्यक्षमा लायन कोपिला श्रीस, प्रथम उपाध्यक्षमा लायन उषा थापा, द्वितीय उपाध्यक्षमा लायन रूद्रबहादुर श्रीस, तृतीय उपाध्यक्षमा लायन सन्तु सुवेदी, सचिवमा लायन सुशीला विक निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, प्रशासकमा लायन सञ्जु शर्मा, कोषाध्यक्षमा लायन विनिता सुवेदी, सह–सचिवमा लायन देवी थापा, सह–कोषाध्यक्षमा लायन सुरेन्द्र थापा, मेम्बरसिप चेयरपर्सनमा लायन सूर्य श्रीस, एलसीआईएफ संयोजकमा लायन तारा बुढा, क्लब सर्भिस चेयरपर्सनमा लायन पुष्पा घले पहारी, क्लब मार्केटिङ चेयरपर्सनमा लायन मीना तिवारी, जनसम्पर्क अधिकृतमा लायन लीला वस्ती, टेमरमा लायन विष्णु छन्त्याल, टेल ट्वीष्टरमा लायन रञ्जु कार्की र निर्देशकमा लायन खिम छन्त्याल र लायन वीरेन्द्रकुमार पुन निर्वाचित हुनुभएको छ ।


अन्य पदहरूमा पछि प्रक्रिया बमोजिम मनोनित गरिने क्लबकी संस्थापक अध्यक्ष लायन कोपिला श्रीसले जानकारी दिनुभयो । क्लबका एक्टेन्सन चेयरपर्सन एवं एडिशनल क्याबिनेट सेक्रेटरी लायन विकास भुर्तेलले निर्वाचनको संयोजन गर्नुभएको थियो ।

Advertisment