घरेलु तथा साना उद्योग महासंघ, कास्कीको शुभकामना आदानप्रदान

पोखरा, ९ वैशाख
नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्की शाखाले नयाँवर्षको भित्तेपात्रो, क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष बलराम गौतमले संस्थालाई अगाडि बढाउन कार्य समिति सदस्यको उत्तिकै साथ सहयोग चाहिने साथै व्यवसायिक हितको लागि योजनाबद्ध रुपले कार्य गर्नुपर्ने बताउनुभयो । त्यस्तै, अध्यक्ष गौतमले वि.सं.२०७८ सालमा सबै व्यवसायीहरुको व्यापार व्यवसायको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।


महासंघका कास्की जिल्ल्लाका केन्द्रीय प्रतिनिधि सुवास सिग्देलले उद्यमी व्यवसायीहरुको दुःख, मर्म बुझ्ने संस्था भनेकै घरेलु महासंघ भएको बताउनुभयो । उहाँले अहिलेको कार्यसमितिले प्रभावकारी योजना ल्याई व्यवसायीको दुःखमा साथ दिनुपर्ने कुरा राख्नुभयो । त्यस्तैगरी, महासंघका वरिष्ठ उपाध्यक्ष भानु भण्डारीले संस्थाको चिनारी भएको भित्तेपात्रो छोटो समयमा जिम्मेवारीपूर्वक सम्पन्न गरेकोमा छपाई उपसमितिलाई धन्यवाद दिँदै शुभकामना र आशीर्वाद सम्बन्धी रोचक प्रसङ्ग सुनाउनुभएको थियो ।
महासंघका कास्की अध्यक्ष बलराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेम्बर अफ कमर्श कास्की शाखाका वरिष्ठ उपाध्यक्ष गीता तिवारी गौतम, क्यालेण्डर प्रकाशन उपसमितिका संयोजक एवं संस्थाका कोषाध्यक्ष गणेश श्रेष्ठले आ–आफ्नो धारणा राखी शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पुष्पराज पौडेलले गर्नुभएको थियो ।

Advertisment